गलकोट । बागलुङको बडिगाड गाउँपालिकामा आज बिहान पिकअप जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
ग्वालिचौरतर्फ जाँदै गरेको लु.१द ४३७० नम्बरको जिप बडिगाड ६, सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनका १ वर्षीय छोराको मृत्यु भएको छ ।
दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरी चौकीका इन्चार्ज (प्रहरी निरीक्षक) प्रकाशसिंह भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार जिपमा सामान लाद्ने क्रममा आफैं गुड्दा दुर्घटना भएको हो ।
उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ । चालक रविलाल बुढाले सामान लाद्ने क्रममा जिप अचानक गुडेको थियो । चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०८ मंसिर २०७७, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते