गलकोट । बागलुङको बडिगाड गाउँपालिकामा आज बिहान पिकअप जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
ग्वालिचौरतर्फ जाँदै गरेको लु.१द ४३७० नम्बरको जिप बडिगाड ६, सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनका १ वर्षीय छोराको मृत्यु भएको छ ।
दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरी चौकीका इन्चार्ज (प्रहरी निरीक्षक) प्रकाशसिंह भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार जिपमा सामान लाद्ने क्रममा आफैं गुड्दा दुर्घटना भएको हो ।
उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ । चालक रविलाल बुढाले सामान लाद्ने क्रममा जिप अचानक गुडेको थियो । चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०८ मंसिर २०७७, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन