काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राजदूत याङ्छी सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेकी हुन् ।
स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा भेटवार्ता भएको छ । भेटवार्तामा के के विषयमा छलफल भयो भन्ने नखुलेपनि उनीहरुबीच नेकपा विवाद र आसन्न चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका बारेमा छलफल भएको बुझिएको छ । चिनियाँ रक्षामन्त्री वइफेङ्हे यहि मंसिर १४ मा नेपाल भ्रमणमा आउँदैछन् ।
चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई लिएर आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ मंसिर २०७७, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड