काठमाडौं । खुम्बुपासाङ ल्हामु गाउँपालिका ३ फाग्दिङस्थित यती माउन्टेन होम (होटल)मा आगलागी हुँदा रु दुई करोड बराबरको क्षति भएको छ । आज बिहान करीब ९ बजे विद्युत् चुहिई आगलागी हुँदा होटल पूर्ण रुपमा जलेको छ ।
आगलागीबाट होटलको भौतिक संरचनासहित त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिनुभयो ।
आगो लागेको करीब पाँच घण्टापछि स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त रिसोर्ट यती ग्रुपमार्फत करीब १२ वर्षअघिदेखि स्थानीयवासी ल्हाक्पासोनाम शेर्पाले सञ्चालन गर्नुभएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०७ मंसिर २०७७, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी