१ लाख ६९ हजारभन्दा बढी नगदसहित १६ जुवाडे पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०६ मंसिर २०७७, १५ : १८
१ लाख ६९ हजारभन्दा बढी नगदसहित १६ जुवाडे पक्राउ

मोरङ । मोरङमा १ लाख ६९ हजारभन्दा बढी नगदसहित १६ जुवाडे पक्राउ परेका छन् ।

रतुवामाई नगरपालिका वडा नं ८ स्थित सागर बर्तौलाको घरमा जुवातास खेलिरहेका उनीहरुलाई प्रहरीले हिजो शुक्रबार राति करिव ११ः३० बजे पक्राउ गरेको हो ।

जुवाको खालबाट विभिन्न दरको नेपाली नगद १ लाख ६९ हजार ६९५ रुपैयाँसहित १ बुङ तास, कौडा गोटी १६ थान, बिभिन्न कम्पनीका मोवायल थान १७ बरामाद गरिएको प्रहरीले जनाएको छ । 

यस्तै सोही ठाउँ नजिक निज व्यक्तिहरु सवार भई आएको १९ वटा मोटरसाईकल र २ वटा कार समेतका सवारीसाधनहरु समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा रतुवामाई ७ का सिजुवा बजार बस्ने ४७ वर्षीय डिल्लीराम चौलागाई, बर्ष ३५ का मोती पौडेल, बर्ष ४३ का   रामनाथ मैनाली, बर्ष ४१ का देबी प्रसाद प्रसाई, बर्ष ३७ का रामनाथ नेपाल, बर्ष ४५ का हेमलाल प्रसाई, बर्ष ४० का नारायण चुडाल रहेका छन् । यस्तै रतुवामाई ८ का उल्लुकुटु बस्ने बर्ष ४४ का सन्तबहादुर राई, सिक्किमे टोल बस्ने बर्ष ३५ का सागर गडतौला, बर्ष ४५ का दिपक ढुङगाना, दाम्राभिट्टा बजार बस्ने बर्ष ४५ का योगराज घिमिरे, बर्ष ३८ का अशोक भट्टराई, बर्ष ३९ का राजन हस्ता सतार र रतुवामाई ६ कादुपाडाका ४५ वर्षीय गोपी पराजुली, बर्ष ३६ का रबिन पोखरेल, बेलबारी नगरपालिका ७ बिच बजार बस्ने बर्ष २२ का गणेश श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस