काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वा स व्यक्त गर्नुभएको छ ।
छठ पर्व, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै उहाँले विश्वव्यापी रूपमा फैलिएको कोभिड(१९ को बढ्दो सङ्क्रमणबाट जोगिन पूर्वसावधानीका उपायको पालना गर्दै मनाउन सबैमा आह्वान गर्नुभएको छ ।
छठले मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्दै सबै नेपालीमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वाुस पनि उहाँले व्यक्त गर्नुभएको छ ।
पत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहमा समेत हर्षोल्लासका साथ मनाइन्छ ।कार्तिक शुक्ल चतुर्थीदेखि पञ्च मी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीका किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ । यस पर्वमा सूर्य देवता र छठी माताको पूजार्चना गरी छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने,समाज र परिवारको कल्याण हुने तथा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०५ मंसिर २०७७, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने
एमालेको राजनीतिमा सक्रिय भएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा (पूर्णपाठ)
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य: पूर्व राष्ट्रपति भण्डारी
वाम एकताको सन्देशसहित चीनबाट स्वदेश फर्किदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
चीनपछि भारत भ्रमणको तयारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी
पूर्वराष्ट्रपति भण्डारी 'एमाले टोली नेता' बनेर चीन भ्रमणमा जादै, यस्तो छ भ्रमण तालिका