नेकपा महासचिव विष्णु पौडेलले पार्टी सचिवालय बैठकमा बोलेका के हुन् ?

खासमा महासचिव विष्णु पौडेलले स्थायी समिति बैठक रोक्न सचिवालय असक्षम हो र ? भन्दै राखेको भनाईको मिडियामा सन्दर्भ फरक वनाएर गलत ढंगले प्रचारवाजी भएको छ

सफल खबर संवाददाता

विहीबार, ०४ मंसिर २०७७, १० : १२
नेकपा महासचिव विष्णु पौडेलले पार्टी सचिवालय बैठकमा बोलेका के हुन् ?

काठमाडौ । सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा बुधबार महासचिव विष्णु पौडेलले ब्यक्त गरेको धारणाको स्यवं पौडेल निकट नेताहरुले महासचिवले राम्रो धारणा राखेको बताईरहेका छन् ।

महासचिवले पनि आफ्नो अभिब्यक्तिले पार्टीभित्रै राम्रै मसला दिने भएपछि आफै पनि मैले बैठकमा यस्तो बोले हैं भन्दै प्रचारमा उत्रिए । महासचिवको त्यस्तो अभिब्यक्ति सञ्चार माध्यममा आएकै भरमा कतिपय नेताहरुले राम्रो धारणा राखेको भनेर थप बल दिन खोजिरहेका पनि देखिन्छन् । तर वास्तविकता भने यसको अर्काे रहेको रहस्य सचिवालयका सदस्यहरुसँग कुरा गर्दा खुलेको छ ।

बैठकमा महासचिवले भनेका शब्द हेरौं :
‘सचिवालय समस्या समाधानको थलो हुनुपर्ने हो । समस्या सिर्जना गर्ने थलो हुन पुग्यो । हामी समस्या समाधान गर्न सक्दैनौं, समस्या मात्र सिर्जना गरिरहन्छौं भने हामीले कम्युनिष्ट आन्दोलनको मलामी हुन स्थिती सिर्जना हुन्छ । हामी कम्युनिष्ट आन्दोलनको मलामी हुन पुग्छौं ।

यदि कोर अफ लिडरसिप भनिएका हामीले एकता प्रर्दशन गर्न सक्दैनौं, आन्दोलनलाई एकताबद्ध बनाएर जोगाएर लैजान सक्दैनौं, समस्या समाधान गर्न सक्दैनौं भने हामीले सामुहिक रुपमा राजीनामा दिएर स्थायी कमिटिका साथीहरुलाई लौ अब तपाईहरु तयार हुनुहोस् । हामीले यो भन्दा बढता गर्न सक्दैनौं । जति गर्यौं, गर्यौं, अब यो भन्दा अगाडीका निम्क्ति तपाईहरु तयार हुनुहोस भनेर सामुहिक राजीनामा दिएर स्थायी कमिटिमा जाऔं ।’ 

पौडेलले सचिवालय बैठकमा सबै भन्दा अन्तिममा धारणा राखेका थिए । एक सचिवालय सदस्यका अनुसार प्रचण्डले सचिवालय बैठक सुरु गर्दै तपाई (प्रधानमन्त्री) का केही कुरा छन की ? भनेर बोलेपछि ओलीले बैठकमा आफ्ना कुरा राखेका थिए । प्रचण्डको प्रस्ताव आफ्नो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याईएको आरोप पत्र भएको र त्यसलाई पूर्ण रुपमा खारेज गर्छु भन्दै त्यसको जवाफ दिन आफुलाई समय चािहने ओलीले बैठकमा माग गरेका थिए । त्यसपछि उनलाई प्रचण्डले कति दिन चाहिन्छ ? ७ दिन भए पुग्छ भनेर सोधेका थिए । तर ओलीले १० दिन जति चाहिने बताएका थिए ।

त्यसपछि बोल्ने नेताहरुले सचिवालयको बैठक १३ गते बस्ने भए १५ गतेबाट बोलाईएको केन्द्रीय समिति के हुने ? स्थायी समिति बैठकको मिति पनि तोक्नु पर्ने धारणा राखेका थिए । तर ओली र उनी पक्षका नेता यो विवादलाई सचिवालयभित्रै मिलाउनु पर्ने पक्षमा छन् । सक्दा एक जना अर्का सचिवालय सदस्यलाई प्रलोभन दिएर तान्ने र आफु बहुमतमा पुगेर ठिसमिस बनाउने योजनामा ओली पक्ष देखिएका छन् ।

तर माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम लगायत नेताहरुले स्थायी समिति, केन्द्रीय समितिको बैठकको पनि मिति यही सचविालयले तोक्नु पर्नेमा जोड गरे । त्यसपछि सबैले बोल्दै महासचिवले बोल्ने पालो आयो । त्यसपछि उनले माथीका अभिब्यक्ति बोलेका हुन् । तर त्यसको सन्र्दभ उनले सचिवालय सदस्यहरुले सकेनन्, स्थायी समितिलाई दिऔं भन्ने होइन् । उनले स्थायी समिति बैठकको मिति तोक्नबाट रोक्नका लागि त्यस्तो अभिब्यक्ति बैठकमा दिएका हुन् । 

सचिवालयका एक सदस्यले भने –’स्थायी समितिको बैठक राख्न मिति तय गर्न नेताहरुले बैठकमा प्रस्ताव राखेपछि महासचिवले त्यसलाई रोक्नका लागि त्यसो भए यो सचिवालय असफल भईसकेको हो त ? सचिवालय असक्षम भएको हो त ? भन्ने गरी बोलेका हुन् ।’ तर सन्र्दभ फरक पारेर महासचिवले बोलेको अभिब्यक्तिलाई अर्काे सन्र्दभ बनाएर प्रचारको काममा पौडेल र उनका निकट नेताहरु लागिपरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस