प्रधान सेनापति थापा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

सफल खबर संवाददाता

बुधबार, ०३ मंसिर २०७७, १८ : २०
प्रधान सेनापति थापा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । 

भेटका क्रममा प्रधान सेनापति थापा र राजदूत क्वात्राबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस