काठमाडौँ । सत्तारुढ दल नेकप भित्र विवाद चर्किदै गईरहेको बेला समस्या समाधानका लागि खुमलटटार पुगेर नेकपा महासचिव विष्णु पौडेलले पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । अर्थमन्त्री समेत रहेका महासचिव पौडेल नेकपा अध्यक्षका अर्का केपी शर्मा ओलीको सन्देश लिएर अध्यक्ष दाहालसंग परामर्शका लागि पुगेको श्रोतको दाबी छ ।
विवाद समाधानको लागि ओलीको दूत बनेर महासचिव पौडेल आज खुमलटारमा अर्का अध्यक्ष प्रचण्ड निवास गएर छलफल गरेका छन् । उनीहरुबिच विवाद समाधानको प्रयासबारे भएपनि थप के कस्ता कुरा भए भन्ने विषयमा केही पनि खुलाईएको छैन् ।
प्रधानमन्त्री ओली पक्षले प्रचण्डले गएको शुक्रबार सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता भएपछि मात्रै मंसिर ३ गते निर्धारित सचिवालय बैठक बस्ने अडान लिएको छ । ओलीले यसअघि हिजो प्रचण्ड पक्षका माधव नेपाल र बामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०७७, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबाट अलग भएको समूह नेकपामा समाहित
बद्री न्यौपाने नेकपामा प्रवेश
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित
लेखक तथा विश्लेषक युग पाठक नेकपा प्रवेश
ओखलढुंगामा एमालेको असन्तुष्टि झन् चर्किदो, बहुसंख्यक नेता आज नेकपामा समाहित हुँदैं
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपाले टुंग्यायो उम्मेदवार (सूची)