काठमाडौँ । सत्तारुढ दल नेकप भित्र विवाद चर्किदै गईरहेको बेला समस्या समाधानका लागि खुमलटटार पुगेर नेकपा महासचिव विष्णु पौडेलले पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । अर्थमन्त्री समेत रहेका महासचिव पौडेल नेकपा अध्यक्षका अर्का केपी शर्मा ओलीको सन्देश लिएर अध्यक्ष दाहालसंग परामर्शका लागि पुगेको श्रोतको दाबी छ ।
विवाद समाधानको लागि ओलीको दूत बनेर महासचिव पौडेल आज खुमलटारमा अर्का अध्यक्ष प्रचण्ड निवास गएर छलफल गरेका छन् । उनीहरुबिच विवाद समाधानको प्रयासबारे भएपनि थप के कस्ता कुरा भए भन्ने विषयमा केही पनि खुलाईएको छैन् ।
प्रधानमन्त्री ओली पक्षले प्रचण्डले गएको शुक्रबार सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता भएपछि मात्रै मंसिर ३ गते निर्धारित सचिवालय बैठक बस्ने अडान लिएको छ । ओलीले यसअघि हिजो प्रचण्ड पक्षका माधव नेपाल र बामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०७७, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार