काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कडा आलोचना गरेका छन्।
अध्यक्ष ओलीसँगको विवादका क्रममा कार्यकारी अध्यक्ष प्रचण्डले शुक्रबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीको आलोचना गर्दै १९ पृष्ठ लामो प्रस्ताव प्रस्तुत गरेका छन्। त्यही प्रस्तावलाई केन्द्रीय सदस्य थापाले ‘अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण’को संज्ञा दिएका हुन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले त्यो प्रस्ताव फिर्ता नहुँदासम्म पार्टीको कुनै पनि बैठक नबस्ने चेतावनीसमेत दिएका छन्। ‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण हो,’ प्रेस सल्लाहकार थापाले शनिबार फेसबुकमा लेखेका छन्, ‘यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुन सक्दैन।
पार्टी विधान, परम्परा, अभ्यास र दुवै जना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो। यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के संवाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ३० कार्तिक २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको राजीनामा फासफुस गराउनलाई होइन : सूर्य थापा
गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ: सूर्य थापा
कुलिङ अफ पिरियड हेरफेरको जिम्मेवारी समितिका सभापति र सचिवले लिनुपर्छ : सूर्य थापा
माधव नेपालको पदलोलुपता अशोभनीय: सूर्य थापा
नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न सूर्य थापाको प्रस्ताव
भारदारकालदेखि नै नेपालमा राजनीतिक अस्थिरता छ : सूर्य थापा