काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अनुगमन भ्रमणका लागि सङ्खुवासभा पुगेका छन् । दोश्रो पटक गरिएको मृगौलाको शल्यक्रिया पछि प्रधानमन्त्री ओली पहिलो पटक भ्रमणका लागि उपत्यका बाहिर गएका हुन् ।
प्रधानमन्त्री ओलीको भ्रमणका लागि बिहान ९ बजे हेलिकप्टरबाट संखुवासभा पुगेका छन् । उनी अहिले सीमा नाका किमाथाङ्कामा रहेका छन् । ओलीले उत्तरी नाका किमाथाङ्कामा स्थापना गरिएको सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणधीन भवन, भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको अवलोकन गर्दैछन् ।
ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको सडक र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्ने तय भएको छ । ओली साढे ३ बजेसम्म सङ्खुवासभा बसेर काठमाडौँ फर्कने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ कार्तिक २०७७, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली