नेकपा विवाद : एकअर्कालाई दबाएरै जाने रणनीतिमा ओली र दाहाल–नेपाल समूह

पत्रपत्रिकाबाट

मंगलबार, २५ कार्तिक २०७७, ०७ : ४०
नेकपा विवाद : एकअर्कालाई दबाएरै जाने रणनीतिमा ओली र दाहाल–नेपाल समूह

काठमाडौँ । आफूमाथि राजनीतिक र सांगठनिक दबाब हुँदा विगतमा जस्तै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आइतबार नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग लामो वार्ता गरे । ओलीले नेपालसँग सहकार्यका सम्भावित विकल्पमा समेत छलफल गरे ।

यद्यपि एक्लै भेट्दा पहिलाजस्तै गलत सूचना प्रवाह हुने भयका कारण नेता नेपाल आफूनिकट तीन नेतालाई सँगै लिएर बालुवाटार पुगेका थिए । भेटमा ओलीले पार्टी एकता बचाउन भूमिका खेल्न गरेको आग्रहमा नेपालले उल्टै प्रश्न गरे, ‘पार्टी एकता बचाउने तपाईंसँग के प्रस्ताव छ रु’ ओलीले उनलाई महाधिवेशनपछि पार्टी अध्यक्ष वा चुनावपछि प्रधानमन्त्री बनाउने आश्वासन दिए ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसाग निकै नै तनाबपूर्ण सम्बन्ध देखिएको र सचिवालयका बहुमत सदस्यले लिखित रूपमै बैठक बोलाउन आग्रह गरेकै बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नेपालसँग गरेको भेट राजनीतिक सन्देश दिने एउटा रणनीतिक कदम थियो । अझ उनले नेपाललाई दिएको आश्वासन त दाहाल–नेपाल समीकरण तोड्ने राजनीतिक ‘कार्ड’ थियो । त्यसको अघिल्लो दिन शनिबार मात्रै कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई बालुवाटारमै भेटेर बैठक आह्वानको माग गर्दै दुई पेज लामो पत्र दिएका थिए । ओलीको कार्यशैलीलाई लिएर नेता नेपालले पटक–पटक प्रश्न उठाउँदै आएका छन् ।

नेकपामा ओली र दाहाल–नेपालसमूहले पछिल्लो केही दिनयता चालेका हरेक कदम एकअर्कामाथि दबाब बनाउने अस्त्रका रूपमा देखिएका छन् । आआफ्नो भूमिका र शक्तिअनुसार ओली र दाहाल–नेपालसमूह अर्को पक्षमाथि दबाब बनाउने रणनीतिमा जुटेका छन् । दुवै पक्षले कतै नयाँ समीकरणको प्रस्ताव, कतै अभिव्यक्ति, कतै अनौपचारिक बैठक, छुट्टाछुट्टै वार्ता त कतै आफ्नो समूहको भेलामार्फत दबाब बनाइरहेका छन् ।

केन्द्रीय सदस्य विष्णु रिजाल नेकपामा दाउपेचको राजनीति चलिरहेको बताउँछन् । ‘नेताहरूबीच दाउपेच, प्रचारबाजी र ध्यान मोड्न गरिएका वार्ताले कुनै निकास निस्किँदैन । कसैलाई एक्ल्याउने, फकाउने वा गलाउने उद्देश्य भएसम्म पार्टी दुश्चक्रमा घुमिरहन्छ,’ उनले भने, ‘कुनै दुई जना मिलेर खोज्ने निकास पनि नेकपाको हितमा छैन । नेकपामा तीनवटा शक्तिसमूह हुन् । तीनवटाको बीचमा उचित ढंगको पावर सेयरिङ नभएसम्म नेकपा अगाडि बढ्न सक्दैन ।’

नेकपामा दाउपेचको पछिल्लो राजनीति खास गरी कात्तिक ४ मा ओली र दाहालबीचको तिक्ततापूर्ण संवादपछि चल्न थालेको हो । त्यस दिन दुवै नेताले कर्णाली विवादमा सचिवालयबाट भिन्नाभिन्नै प्रेस नोट जारी गरेर एकअर्कामाथि दबाबको ‘अस्त्र’ पड्काउन सुरु गरेका थिए । त्यसै रात ओली र दाहालबीच एकअर्काका कदमलाई लिएर टेलिफोनमा निकै तनाबपूर्ण संवाद भएको थियो । सोही दिन ओलीले वरिष्ठ नेता नेपालसाग भेटेर दाहालमाथि दबाबको अस्त्र सोझ्याए । ओलीले आफूसाग मिलेर जान नेपाललाई आग्रह गरेका थिए ।

अर्को दिन ओलीले कर्णालीका मुख्यमन्त्रीलाई पत्र लेखेर दाहाल–नेपालसमूहमाथि दबाब बनाउन खोजे । कात्तिक ५ मा ओलीले लेखेको पत्रमा उल्लेख थियो, ‘अनुशासित तरिकाले प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएको र मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनुभएका नेकपा प्रदेशसभा दल कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाहमाथि तपाईंले गरेको कारबाही फिर्ता लिन र उहाालाई पूर्ववत् प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशित गर्दछु ।’

कात्तिक ५ मा नै स्वयम्भूस्थित एक निजी घरमा दाहाल र नेपाल संवादमा बसे । संवादमा उनीहरूनिकट स्थायी कमिटीका अन्य केही नेता पनि सहभागी थिए । स्थायी कमिटीका निर्णय कार्यान्वयनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले तत्परता नदेखाएको निष्कर्षसहित नेताहरू आपसी विश्वास र थप रणनीति निर्माणका लागि संवादमा बसेका थिए । त्यसै दिन भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री ओलीको भेटले राजनीतिक तरंग पैदा भयो । यसको विरोध गरेर दाहाल–नेपाल समूहले ओलीमाथि दबाब बनायो ।

पर्साको विन्ध्यवासिनीमा कात्तिक ६ मा भएको झडपमा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या भएपछि अपराधीलाई कारबाहीको पक्षमा दाहाल–नेपाल समूह एक ठाउामा उभियो । दाहाल–नेपाल समूहले प्रदेश–२ मा ओलीसमूहमाथि दबाब बनाउन खोज्यो । जाहेरी दर्तामा सरकारले अलमल गरेको भन्दै दाहालले विज्ञप्ति नै निकाले । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस