मोटरसाइकल चोरी र खरिद गर्ने गिरोह पक्राउ

सफल खबर संवाददाता

आइतबार, २३ कार्तिक २०७७, १६ : ५४
मोटरसाइकल चोरी र खरिद गर्ने गिरोह पक्राउ

चितवन । चितवन प्रहरीले मोटरसाइकल चोरी गर्ने र चोरीका मोटरसाइकल खरिद गर्ने समूहलाई पक्राउ गरेको छ । चितवनका विभिन्‍न स्थानमा मोटरसाइकल चोरी र खरिद गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मलेन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेको छ ।  बारा कलैया ५ का विजय चौधरी, सोही ठाउँका राकेश चौधरी, बारा कोल्हवी ७ का महेश चौधरी भरतपुर ११ का दिनेश गुरुङ र भरतपुर २५ का मनोज दराईलाई प्रहरीले पक्राउ गरेको हो । 

चोरीका मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका १२ का समीर चौधरी र अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

प्रतिक्रिया दिनुहोस