हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमणसँगै आईसियुमा भर्ना, पूर्वपत्नी मिनाले गरिन् शिघ्र स्वास्थ्य लाभको कामना

सफल खबर संवाददाता

शनिबार, २२ कार्तिक २०७७, ०७ : ३४
हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमणसँगै आईसियुमा भर्ना, पूर्वपत्नी मिनाले गरिन् शिघ्र स्वास्थ्य लाभको कामना

काठमाडौं । हास्यकलाकार मनोज कोरोना संक्रमित भइ आईसीयूमा उपचार रहेका बेला उनकी पूर्वपत्नी मीना ढकालले शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।  उनी आईसीयूमा भर्ना भएपछि मीनाले सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेख्दै दुई सन्तानको जन्मदाताको रुपमा आजपनि गजुरेललाई उत्तीकै सम्मान गर्छु र माया गर्ने बताएकी छिन् । 

‘जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ’, उनले लेखेकी छिन्, ‘तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु ।

तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ । भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरिपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तिकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियुमा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भइरहेछ।’ 

उनले गजुरेलको सुस्वास्थ्यको कामना गर्दै अगाडि लेखेकी छिन्, ‘तिम्रो जीवनसँग मेरा र्दुइ सन्तान पनि जोडिएका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन् । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन, म यो रियलाइज गरिरहेछु ।’

उनले मनोज गजुरेल छिट्टै हार मान्ने मान्छे नभएको भन्दै आफूले उनका लागि बिसौँ तिजका निराहार ब्रत बसेसेको र आज पनि दिर्घायुको कामना गर्न नछाडेको बताउँदै छोराछोरी घरमा प्रति़क्षामा रहेको भावुक सन्देश लेखेकी छिन् ।  गत कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका उनी पछिल्लो समय थप समस्या देखिएपछि सशस्त्र प्रहरी अस्तालको आईसीयूमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस