काठमाडौं । कोरोनाकालमा विभिन्न ३३ मुलुकबाट झण्डै १ लाख ३२ हजार नेपाली स्वदेश फर्र्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बिहीबारसम्म १ लाख ३१ हजार ९४९ नेपाली स्वदेश फर्किएका हुन् ।
सरकारले कोरोना महामारीका कारण गत चैतमा अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपनि पछि समस्यामा परेका नेपालीलाई उद्धार गर्ने निर्णय गरेको थियो भने केही अघिदेखि आवश्यक मापदण्ड पूरा गरेर नियमित उडानमार्फत समेत स्वदेश फर्किन दिन थालिएको छ । यसरी नेपाल फर्किनेमा सबैभन्दा धेरै खाडी मुलुकबाट रहेको तथ्यांकमा देखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ कार्तिक २०७७, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
स्वदेशमा नै रोजगारी सिर्जना गर्ने शैक्षिक कार्यक्रम आवश्यक : उपकुलपति प्रा.डा. थपलिया
दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता