काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान मन्त्रिपरिषद् बैठक सुरु हुँदा नेकपा जनवर्गीय संगठनहरूको कार्यालय पेरिसडाँडा, कोटेश्वरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कानुनविद्हरूसँग परामर्शमा थिए ।
दाहालका साथमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरू पनि थिए । त्यही छलफललाई लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा भने, ‘पार्टीमा गुटबन्दी चर्किएको छ, विश्वास अविश्वासका कुरा भइरहेका छन्, त्यसको सामना गरिनेछ । कोटेश्वरमा अहिले पनि बैठक बसिरहेको छ, अस्थिरताको प्रयत्न भइरहेको छ । त्यस्तो प्रयत्नलाई चकनाचुर पारिनेछ ।’
ओलीले बुधबार मात्रै पनि आफूलाई राजीनामा मागिएको उल्लेख गर्दै अहिले राजीनामा दिँदा देश बर्बादीतिर जाने बताएका थिए । बालुवाटारमा ओलीले आफूविरुद्ध तानाबाना बुनिरहेको बताइरहँदा कोटेश्वरमा दाहालसहितका नेताहरू ओलीले चाल्न सक्ने संवैधानिक–राजनीतिक कदम र त्यसको सामनाका लागि अपनाउन सकिने उपायबारे नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानुन व्यवसायीसँग छलफल गरिरहेका थिए ।
‘प्रधानमन्त्रीले यसअघि पनि अध्यादेश ल्याउनुभएकै हो, उहाँले अरू पनि संवैधानिक–राजनीतिक कदम चाल्न सक्नुहुन्छ, त्यसमा हाम्रो तयारी कस्तो बनाउने भनेर परामर्श गरेका हौं,’ छलफलमा सहभागी एक नेताले भने । प्रवक्ता नारायणकाजी श्रेष्ठले भने कोरोनाले न्यायक्षेत्रमा पनि असर पारिरहेकाले त्यसमा के भूमिका खेल्न सकिन्छ भन्नेबारेमा परामर्श भएको बताए । कोटेश्वरको छलफललगत्तै अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई
भेट्न बालुवाटार गएका थिए । उनीहरूबीच करिब एक घण्टा भएको छलफल भनाभनमै सकिएको अध्यक्षद्वय निकटस्थहरूको भनाइ छ । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २१ कार्तिक २०७७, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प
०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैनः ओली
एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैनः ओली
विधान महाधिवेशनमा विद्याको विषय छलफल नहुने ओलीको अडान
ओलीलाई फरक मतको डर, विद्यान महाधिवेशन अगाडी केन्द्रीय कमिटी बैठक अनिश्चित