एजेन्सी । अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाएका एक व्यक्ति निर्वाचनमा विजयी भएका छन् । रिपब्लिकन पार्टीका डेभिड अन्दाहल उत्तरी डाकोटामा राज्यको विधायक चुनिएका हुन् ।
यसै वर्षको सुरुवातमा उनले रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धामा शक्तिशाली व्यक्तिहरुलाई हराएर टिकट पाएका थिए । त्यसयता, गर्भनर डग बुुर्गमजस्ता व्यक्तिहरु उनको पक्षमा थिए । तर चुनावी अभियानकै कारण कोरोनाका कारण ५५ वर्षीय अन्दहलको गत ५ अक्टुुबरमा निधन भयो ।
संक्रमणका कारण अस्पताल भर्ना भएको एक साता नबित्दै उनको निधन भएको थियो । त्यसयता, अन्दहल विजयी भएमा के हुने भन्ने विषयमा उत्तरी डाकोटाका न्यायधिवक्ता वाइनी स्टेनइजेमले गत महिना स्पष्ट पारेका थिए । वाइनीका अनुसार अब यस राज्यको रिपब्किलन पार्टीको कमिटीले आफ्नै पार्टीका अन्य व्यक्तिलाई उनको साटो विधायक नियुक्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २० कार्तिक २०७७, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य