काठमाडौँ । सत्तारुढ दलभित्र देखिएको राजनीतिक तनावलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेकी छन् । राष्ट्रपति भण्डारीले बोलाएपछि अपरान्ह शितल निवास पुगेका गौतमले पार्टीभित्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् ।
गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीकाअनुसार भेटमा राष्ट्रपतिले विगतमा पनि नेकपामा विवाद हुँदा भूमिका खेलेको भन्दै यसपाली पनि उस्तै भूमिका निभाउन गौतमलाई सुझाव दिएकी छन् । ‘राष्ट्रपतिले गौतमलाई पार्टी एकता संकटमा परेको बेला विगतमा पनि तपाईंले पटक पटक एकता जोगाउने काम गर्दै आउनुभएको हो । अहिले पनि तपाईं त्यो भूमिकामा गम्भीर ढंगले लाग्नु पर्यो भन्नु भएको छ,’ सुवेदीले भने ।
जवाफमा गौतमले नेकपाको एकताका लागि आफ्नोतर्फबाट भूमिका खेल्ने बचन दिएको प्रेस सल्लाहकार सुवेदीले बताए । सुवेदीका अनुसार गौतमले राष्ट्रपतिलाई ‘पार्टी एकतासहित विधि र पद्धती स्थापित गर्ने कुरामा गम्भिरताका साथ लागेका छौं । पार्टी एक रहन्छ, म व्यक्तिगत रुपमा पनि यो पक्षमा क्रियाशिल छु’भनेका थिए ।
शनिबार नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच तनावपूर्ण संवाद भएपछि महासचिव विष्णु पौडेलले नेकपा एकीकृत अस्तित्व संकटमा परेको बताएका थिए । त्यसपछि पनि विवाद समाधानमा कतैबाट पनि ठोस पहल नभएकै बेला राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमसँग भेट गरेकी हुन् ।
आइतबार दाहालले सचिवालयका सदस्यहरुलाई प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव गरेको दाबी सुनाएका थिए । विगतमा नेकपामा शक्ति संघर्ष हुँदा गौतमले ६ बुँदे प्रस्ताव सारेर पार्टी एकताका लागि पहल गरेका थिए । नेकपाको तनावमा राष्ट्रपति भण्डारीले चासो राख्दै आएकी छन् । कतिपय मुद्दामा त उनले ओली र दाहालबीच मध्यस्थताको भूमिकासमेत खेलेकी छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १९ कार्तिक २०७७, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने
एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने