काठमाडौँ । सत्तारुढ दलभित्र देखिएको राजनीतिक तनावलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेकी छन् । राष्ट्रपति भण्डारीले बोलाएपछि अपरान्ह शितल निवास पुगेका गौतमले पार्टीभित्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् ।
गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीकाअनुसार भेटमा राष्ट्रपतिले विगतमा पनि नेकपामा विवाद हुँदा भूमिका खेलेको भन्दै यसपाली पनि उस्तै भूमिका निभाउन गौतमलाई सुझाव दिएकी छन् । ‘राष्ट्रपतिले गौतमलाई पार्टी एकता संकटमा परेको बेला विगतमा पनि तपाईंले पटक पटक एकता जोगाउने काम गर्दै आउनुभएको हो । अहिले पनि तपाईं त्यो भूमिकामा गम्भीर ढंगले लाग्नु पर्यो भन्नु भएको छ,’ सुवेदीले भने ।
जवाफमा गौतमले नेकपाको एकताका लागि आफ्नोतर्फबाट भूमिका खेल्ने बचन दिएको प्रेस सल्लाहकार सुवेदीले बताए । सुवेदीका अनुसार गौतमले राष्ट्रपतिलाई ‘पार्टी एकतासहित विधि र पद्धती स्थापित गर्ने कुरामा गम्भिरताका साथ लागेका छौं । पार्टी एक रहन्छ, म व्यक्तिगत रुपमा पनि यो पक्षमा क्रियाशिल छु’भनेका थिए ।
शनिबार नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच तनावपूर्ण संवाद भएपछि महासचिव विष्णु पौडेलले नेकपा एकीकृत अस्तित्व संकटमा परेको बताएका थिए । त्यसपछि पनि विवाद समाधानमा कतैबाट पनि ठोस पहल नभएकै बेला राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमसँग भेट गरेकी हुन् ।
आइतबार दाहालले सचिवालयका सदस्यहरुलाई प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव गरेको दाबी सुनाएका थिए । विगतमा नेकपामा शक्ति संघर्ष हुँदा गौतमले ६ बुँदे प्रस्ताव सारेर पार्टी एकताका लागि पहल गरेका थिए । नेकपाको तनावमा राष्ट्रपति भण्डारीले चासो राख्दै आएकी छन् । कतिपय मुद्दामा त उनले ओली र दाहालबीच मध्यस्थताको भूमिकासमेत खेलेकी छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १९ कार्तिक २०७७, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ