प्रधानसेनापतिबाट रथी हमाललाई दज्र्यानी चिह्न

रासस

सोमबार, १७ कार्तिक २०७७, २० : २७
प्रधानसेनापतिबाट रथी हमाललाई दज्र्यानी चिह्न

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै पदोन्नति भएका ईश्वर हमाललाई रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उहाँलाई  रथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मन्त्रिपरिषदको गत असार ६ गतेको बैठकले उपरथी हमाललाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ मिशनमा रथी हमालले फोर्स कमाण्डरको जिम्मेवारी सम्हाली रहनुभएको छ ।    नेपाली सेनामा हाल दुई रथीको दरबन्दी रहेको छ । रथी हमाल सैनिक संगठनमा बौद्धिक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस