सेनेगल । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १ सय ४० जना आप्रवासीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय आप्रवास संगठन ९आइओएम० का अनुसार यस वर्षको यो सबैभन्दा ठूलो दुर्घटना हो ।
सेनेगलको माबुर भन्ने शहरबाट शनिबार करिब २०० व्यक्ति डुङ्गामा चढेका थिए । यी व्यक्ति स्पेनको केनेरी द्वीपका लागि प्रस्थान गरेको विश्वास गरिएको छ । तर सेनेगलको उत्तरपश्चिम तटीय इलाका नजिक आइपुगेलगत्तै उक्त डुंगामा आगो लागेको र डुङ्गा डुबेको थियो ।
आइओएमका अनुसार डुंगामा सबार ५९ यात्रुलाई जीवितै उद्धार गरिएको छ । राष्ट्रसंघीय आप्रवास संगठन आइओएमले पछिल्ला केही सातादेखि फ्रान्सको केनरी द्वीप पुग्ने लालशामा धेरै डुंगा सेनेगलबाट प्रस्थान गरेको जनाएको छ ।
गत महिना १४ वटा डुंगा त्यसतर्फ प्रस्थान गरेका थिए, तर झण्डै एक तिहाई डुंगामा समस्या आएको थियो । युरोप प्रवेश गर्न चाहने व्यक्तिहरुका लागि सेनेगलका तटीय इलाकाहरु निकै सक्रिय हुने गरेका छन् । तर पछिल्ला समयमा सेनेगलवासीहरु ट्युनिसिया वा लिबियाको स्थलमार्ग हुँदै युरोप प्रवेश गर्न थालेका छन् । (रासस–एपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १४ कार्तिक २०७७, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु