चन्द समूहका कार्यालय सचिव पक्राउ

रासस

विहीबार, १३ कार्तिक २०७७, २१ : ११
चन्द समूहका कार्यालय सचिव पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहको कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षीय शङ्करसिंह महरालाई प्रहरीले आज पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

Yeti Diistillery Tansen Cement box

बैतडी कटौजपानी गाँउपालिका २ सिल्लेगढा घरभै महरा हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १८ गोबरैया बस्दै आएका महरालाई जबर्जस्ती चन्दा र विभिन्न घटनामा सम्लग्न रहेको आरोप छ । 

प्रतिक्रिया दिनुहोस