काठमाडौं । सवारी नियम उल्लङ्घन गर्ने चालक,सह-चालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राम प्रसाद चौधरी, दिपक बहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेम बहादुर तामाङ, खडक बहादुर सुनुवार, अभिक आचार्य र अबिन शाही रहेका छन् । उनीहरूले ट्राफिक चेकजाँच क्रममा सवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीलाई ५०० देखि ३००० रूपैयाँ दिन खोजेको महाशाखाले जनाएको छ ।
नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरस: पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालक/सह-चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्नुका साथै त्यस्तो कार्यमा संलग्नलाई नियमानुसार कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने ट्राफिक प्रहरीहरूलाई तत्कालै सम्मानित गरिएको पनि महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए ।
उनले संगठनको छविलाई उच्च पारी आफूलाई दिइएको जिम्मेवारी इमान्दारितासाथ निर्वाह गर्ने ट्राफिक प्रहरीहरुलाई प्रोत्साहन गरिएको बताए ।
यसअघि पनि त्यस्ता कुनै पनि प्रलोभनमा नपर्ने ७३ जना ट्राफिक प्रहरीलाई विभिन्न मितिमा पुरस्कृत महाशाखाले गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १२ कार्तिक २०७७, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ