काठमाडौँ । अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैङ्किङ कसुरसम्बन्धी अभियोगमा गत पुस १४ मा उच्च अदालत, विराटनगरको इजलासले कनकाइ नगरपालिका ३ निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईँलाई एक महिना कैद र रु २५ लाख बिगोसहित दुवै सजाय तोकेको थियो ।
प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले दिएको जाहेरीका आधारमा सोही मुद्दामा सो अदालतले ०७६ पुस २१ गते एक महिना कैद र रू ९० लाख बिगोसहित दुवै सजाय फैसला गरेको थियो ।
प्रवक्ता थापाले कार्यालय खुलेपछि प्रतिवादीलाई अदालतमा उपस्थित गराइ थप कानूनी कारबाही अघि बढाइने बताउनुभयो । झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्तलाई आफ्नै गाउँबाट पक्राउ गरेको थापाले जानकारी बताउनुभयो । प्रसाईँलाई कार्यालय खुलेपछि अदालतसमक्ष उपस्थित गराइने छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ११ कार्तिक २०७७, १८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ