काठमाडौं । तपाईं दसैंमा काठमाडौं उपत्यकाबाट बाहिर जाँदै हुनुहुन्छ ? तपाईंको घर वा डेराको सुरक्षामा शंका छ ? यदि त्यस्तो लाग्छ भने तपाईंले नजिकको प्रहरी कार्यालयमा जानकारी दिएर जानुहोला । तपाईंको घर वा डेराको सुरक्षा नेपाल प्रहरीले गर्छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दसैंमा घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुरक्षामा शंका लागे प्रहरीलाई जनकारी गराएर जान आग्रह गरेका हुन् ।
‘घर वा डेरामा बहुमूल्य सामान नराख्नुस्, घर वा डेराको सुरक्षामा शंका लागे नजिकको प्रहरी कार्यालयलाई जानकारी गराएर जानुस्,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पोखरेलले भने । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०७ कार्तिक २०७७, ०६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले दसैंको टिका जमरा नलगाउने
दसैँमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने