काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न युवापुस्ताको जेन जेड आन्दोलनमा अनेकौं युवाले ज्यान गुमाउनुपरेको पीडा अझै ताजा रहेको उल्लेख गर्दै यस वर्ष आफूले टिका-जमरा नलगाउने र नागरिकलाई समेत टिका लगाउने कुनै औपचारिक कार्यक्रम नरहेको जनाएकी छिन् ।
बडादसैं २०८२ को अवसरमा प्रधानमन्त्रीको स्वकीय सचिवालयमार्फत जारी सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूप्रति शुभकामना व्यक्त गर्दै आफूले टिका नलगाउने र नलगाई दिने निर्णय भएको जनाइएको छ ।
प्रधानमन्त्री कार्कीले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा प्रगतिका लागि शुभेच्छा दिँदै बडादसैंले पारिवारिक मिलन, सामाजिक मेलमिलाप र सद्भाव बढाउन सहयोग पुर्याओस् भन्ने अपेक्षा व्यक्त गरेकी छिन्।
दुर्गा भवानीले राष्ट्रलाई शक्ति प्रदान गरून् भन्ने कामना गर्दै उनले मुलुकमा स्थायित्व, शान्ति, सुशासन र समृद्धिको यात्रामा सबैलाई सहभागी भई देश विकासमा जुट्न हार्दिक अपीलसमेत गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असोज २०८२, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
असामान्य परिस्थितिमा पनि निर्वाचन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की