प्रधानमन्त्री ओलीले रअका प्रमुखसँग भेटवार्ता गरेको खुलासा

सफल खबर संवाददाता

विहीबार, ०६ कार्तिक २०७७, १३ : ४१
प्रधानमन्त्री ओलीले रअका प्रमुखसँग भेटवार्ता गरेको खुलासा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको खुलासा भएको छ । 

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र रअका प्रमुख गोयलबीच भेटवार्ता भएको पुष्टि गरेका छन् । उनले वक्तव्य नै जारी गरेर भनेका छन्, ‘उहाँ (रअका प्रमुख) गोयल बुधबार बेलुका सरकारी निवास बालुवाटार आउनुभएको थियो ।’

वक्तव्यमा थापाले भनेका छन्, ‘भेटका क्रममा गोलयले नेपाल भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको छन् ।’ रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस