२० घण्टाको नेपाल बसाइँपछि फर्किए (रअ) प्रमुख गोयल

सफल खबर संवाददाता

विहीबार, ०६ कार्तिक २०७७, १० : ४३
२० घण्टाको नेपाल बसाइँपछि फर्किए (रअ) प्रमुख गोयल

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल दिल्ली फर्किएका छन् । बुधबार दिउँसो नेपाल आएका ९ जना संगै आएको गोयलको टोली २० घंटाको नेपाल बसाई पछि स्वदेश फर्केका हुन् । उनले नेपालमा रहदा क–कसलाई भेटे भन्नेबारे सबै सुचना सरकारले  गोप्य राखेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल श्रोत अनुसार आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट उनीहरु स्वदेश फर्किएका छन् । नेपालको आन्तरिक राजनीतिमा सधै वक्रदृष्टि राख्ने र यहाँका नेताहरुलाई जहिल्यै भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का मान्छेहरुले चलाउने गरेको आरोप लागिरहेका बेला जहाज नै चार्टर गरेर उक्त संस्थाकै प्रमुख अचानक किन नेपाल आए ?  मान्छेहरुका मनमा अनेक प्रश्न उठेको छ ।

यसबारे अहिले सम्म सरकार न सम्बन्धित देशका राजदुत या परराष्ट्र मन्त्रालयले नै यस बारे कुनै औपचारिक टिप्पणी गरेको छैन् । तर रअ प्रमुख काठमाडौं आएलगत्तै प्रधानमन्त्री निवास बालुवाटार छिरे ।

प्रधानमन्त्रीले उनी सहितको टोलीलाई बालुवाटारमा स्वागत गरे । अनि चियापान गराए । यो सबै प्रधानमन्त्रीओलीको सेटिङमा भएको श्रोतको दाबी छ। प्रधानमन्त्रीकै निम्तोमा गोयलको टोली काठमाडौं आएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस