एजेन्सी । पश्चिम युरोपेली देश स्पेनमा दोश्रो पटक कोरोना भाइरसको लहर शुरु भएको छ । स्पेनमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । सो क्षेत्रमा यति धेरै संख्यामा संक्रमित हुने स्पेन पहिलो देश हो ।
बुधबार स्पेनमा १६ हजार ९७३ जना नयाँ संक्रमित थपिए भने १५६ जनाको कोभिड–१९ का कारण ज्यान गयो । महामारीको पहिलो लहर लगभग अन्त्य हुंदै गएको अवस्थामा पुनः दोश्रो लहर देखा परेको हो ।
स्पेनमा गएको जनवरी ३१ मा पहिलो व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि अहिलेसम्म १० लाख पाँच हजार २९५ जनामा संक्रमण पुष्टि भएको छ । विश्वमा १० लाख भन्दा बढीमा संक्रमण पुष्टि हुने स्पेन छैटौँ देश हो । अमेरिका, भारत, ब्राजिल, रुस र अर्जेन्टिनामा यसअघि नै सो आँकडा पूरा भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०६ कार्तिक २०७७, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली मेड्रिटमा
स्पेनमा बाढीपछि रुष्ट जनता सडकमा
स्पेनमा बाढीको विपत्ति: राजा-रानी र प्रधानमन्त्रीको अनुहारमा हिलो छ्यापियो, सवारीमा ढुंगामुढा
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको संख्या २०० नाघ्यो
स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक