काठमाडौं । ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक आजदेखि उडान सुरु गरेको छ । कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो ।
नेपाल एयरलाइन्का ताप्लेजुङको स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बूले १९ जनाको क्षमताको उडानमा काठमाडौँदेखि चार जना यात्रु लिएर आएको नेपाल एयरलाइन्स ताप्लेजुङदे सुकेटारदेखि भने रित्तै फर्किएको जानकारी दिनुभयो ।
यात्रुको अनिवार्य कोरोना नेगेटिभ रिपोर्ट आवश्यक पर्ने भएकाले आज सीमित यात्रु ल्याएको हो । काठमाडौंदेखि ताप्लेजुङसम्मको भाडा ६ हजार ८ सय ४० रुपैया तोकिएको छ भने ताप्लेजुङदेखि काठमाडौंका भाडा ६ हजार ७ सय ४० रुपैया तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०५ कार्तिक २०७७, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन