काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) ले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्रीले राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखलगायतसँग छलफल गरेर यस्तो निर्णय गरेको जानकारी दिए ।
नेम्वाङले सवैसँग सल्लाह गरेर संसदीय दलको नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका बेलामा पार्टी नेता तथा सबै सांसदहरुले सादा ढंगले दसैं मनाउने र सबैलाई त्यही आग्रह गर्ने निर्णय गरेको पनि जानकारी दिए ।
‘कोरोनाविरुद्धको लडाईँ हाम्रो पहिलो प्राथमिकता हो । यो सन्दर्भमा हामीले पाउने दसैं खर्चबापतको भत्ता सरकारको कोरोनाको कोषमा जम्मा गर्ने निर्णय गरेका छौँ’, नेता नेम्वाङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ कार्तिक २०७७, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दलाई लामाको जन्मोत्सव मनाएको घटनाप्रति नेकपाले माग्यो सरकारको जवाफ
प्रधानमन्त्रीलाई जिम्मेवार बनाउन रास्वपाले हस्तक्षेप गरोस् : नेकपा
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि