‘काँग्रेस महाधिवेशन’ भदौमा सार्ने सभापति देउवाको तयारी

सफल खबर संवाददाता

आइतबार, ०२ कार्तिक २०७७, ०९ : ०५
‘काँग्रेस महाधिवेशन’ भदौमा सार्ने सभापति देउवाको तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी महाधिवशेन भदौमा सार्ने तयारी गरेका छन् । फागुन ७ देखि तोकिएको महाधिवेशन सभापति शेरबहादुर देउवाले आगामी भदौमा सार्ने तयारी गरेका हुन् । गत वर्षको पुसमै काँग्रेसले फागुन ७ देखि १० सम्म पार्टीको चौधौं महाधिवेशन गर्ने गरी मिति तय गरेको थियो ।

तर यो अवधीमा काँग्रेसभित्रको आन्तरिक फन्डा मिल्न नसक्दा निर्धारित मितिमा महाधिवेशन गर्ने नगर्नेमा काँग्रेसभित्रै विवाद चर्किदैं गएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु भने निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् । तर अहिलेसम्म क्रियाशिल सदस्यताको विवाद काँग्रेसमा टुंगिएको छैन् भने गाँउ, जिल्ला अधिवेशनहरु हुन सकेका छैनन् । तत्काल हुने सम्भावना पनि देखिएको छैन् ।  सभापति देउवाले महाधिवेशन सार्ने र टार्ने बहानाबाजी गरिरहेका छन् ।

महाधिवेशन सार्ने योजनामा पौडेल पक्ष पनि भित्री रुपमा छ । तर बाहिर भने यो पक्षले महाधिवेशन आफ्नो पक्षका कारण सारिएको देखाउन चाहदैनन् । र महाधिवेशन सभापति पक्षले सारेको आरोप लगाउदै त्यसैलाई पनि एउटा महाधिवेशनको एजेण्डा बनाएर जान चाहिरहेको छ । देउवाले भने क्रियाशिल सदस्यता वितरण नटुंगिएको, अधिवेशनहरु बाँकी रहेकोले ६ महिना पछि महाधिवेशन गर्नुपर्ने प्रस्ताव अगाडी लान खोजेका छन् ।

यसो गर्दा आगामी साउन र भदौमा महाधिवेशन गर्ने देउवाले प्रस्ताव अगाडी सार्न खोजेका छन् । साउनमा किसानहरु खेती किसानीमै रहने हुदा भदौमा गर्ने गरी भित्री तयारीमा देउवा पक्ष लागेको काँग्रेस निकट स्रोतले बताउँछ । देउवा पक्षले मंसिरसम्म चाडवाड, त्यसमाथी कोरोनाको बढ्दो संक्रमण आदीका कारण तयारी नपुगेकोले थप ६ महिना कार्यतालिका हेरफेर गर्नुपर्ने पक्षमा छन् ।

पार्टी महाधिवेशन सार्ने, संसद बैठक बोलाउन पहल लिने लगायतका विषयमा छलफल गर्न काँग्रेसले गत असोज १९ मै पार्टी केन्द्रीय समिति बैठक बोलाएको थियो । तर बैठकमा सहभागी पूर्व केन्द्रीय सदस्यहरुमा गराएको कोभिड १९ को पिसिआर परिक्षणका क्रममा ७ जना नेतालाई कोरोना संक्रमण देखिएपछि काँग्रेसले बैठक असोज २५ लाई सारेको थियो ।

तर त्यसबेला पनि संक्रमण दर बढ्दो क्रममा रहेकोले काँग्रेसले केन्द्रीय समिति बैठक बोलाउन सकेको छैन् । अब यो बैठक धकेलिएको छ । दशै, चाडपर्व आईसकेकोले दशै अगाडी बैठक बस्ने सम्भावना नरहेको एक नेताले बताए । दशै पछि मात्र बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन भदौमा सार्ने गरी निर्णय लिन सक्ने देउवा पक्षका एक नेता एनपी साउदले बताए ।

उनका अनुसार ६ महिना तलमाथी हुने गरी अब बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गर्न सक्नेछ । तर शीर्ष नेताहरु अहिले नै महाधिवेशन आफ्नो कारण सार्न खोजेको सन्देश दिन चाहिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस