धैरौटीमा छुटाईदिने भन्दै चारलाख घुस लिने प्रहरी हवल्दार पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ३० असोज २०७७, १६ : ५२
धैरौटीमा छुटाईदिने भन्दै चारलाख घुस लिने प्रहरी हवल्दार पक्राउ

रुपन्देही । रुपन्देहीमा धैरौटीमा छुटाईदिने भन्दै चारलाख रुपैयाँ लिने क्रममा प्रहरी हवल्दारका श्रीमान् श्रीमति अख्तियारको फन्दामा परेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी चार लाख घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

धरौटीमा छुटाईदिन सहयोग गरे बापत सेवाग्राहीसँग लिएको चार लाख घूससहित हवल्दार र उनकी श्रीमती निर्मला केवटलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रक्ता सुरेश भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस