‘बुढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको भन्नु निराधार अभिव्यक्ति हो’ : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

शुक्रबार, ३० असोज २०७७, १२ : ०७
‘बुढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको भन्नु निराधार अभिव्यक्ति हो’ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी आयोजनामा ९ अर्ब भ्रष्टाचार भएको भन्ने अभिव्यक्तिमा कुनै सत्यता नरहेको बताएका छन् । उनले यो अभिव्यक्ति निराधार, अफवाह मात्र भएको दाबी गरेका छन् । 

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही दिन अघि प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी आयोजनामा ९ अर्ब घुस लिएको आरोप सार्वजनिक रुपमा लगाएका थिए ।

शुक्रबार प्रहरी दिवसमा बोल्दै प्रधानमन्त्री ओलीले भट्टराईको नाम नलिएर काम नै सुरु नभएको आयोजनामा अर्बौँको भ्रष्टाचार गरेको भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताए।

‘निर्णय नै नभएको, कार्यआरम्भ नै नभएको, हुन्छ या हुँदैन ? कसले गर्छ ?  भन्ने टुंगो नभएको आयोजनामा  यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति हो’–उनले भने । जनतालाई गलत सूचना दिएर भड्काउने नगर्न पनि उनले आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस