चितवन । जिल्ला अदालत चितवनले कुटपिटपछि मृत्यु प्रकरणमा सेनाका जवानलाई आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । अदालतका श्रेस्तेदार ईश्वर आचार्यका अनुसार जिल्ला न्यायाधिश गायत्रीप्रसाद रेग्मीको एकल ईजलासले उक्त निर्णय गरेको हो ।
राप्ती नगरपालिका वडा नं। २ का २४ वर्षका राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा सेनाका हुद्दा बुढालाई भदौ ४ गते प्रहरीले पक्राउ गरी मुद्दा अघि बढाएको थियो । मृतक राजकुमारका बुबा विष्णुलालले भदौ २५ गते किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको हो ।
राजकुमारसहित सात जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच पुरूषलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलाहरुलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको पीडितहरुले आरोप लगाउँदै आएका छन् ।
छुटेर आएदेखि बिरामी भएका राजकुमारले स्थानीय मेडिकलमा उपचार गराईरहेका थिए । मेडिकलको उपचारले निको नभएपपछि भरतपुर अस्पताल ल्याईएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २७ असोज २०७७, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद
वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह