बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुग्यो

सफल खबर संवाददाता

मंगलबार, २७ असोज २०७७, ०९ : ४२
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुग्यो

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुनेको संख्या ५० पुगेको छ ।  सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले हालसम्म ५० जनाको मृत्यु भएको र अहिलेपनि ४५ पोजेटिभ अस्पतालको आइसोलेशनमा रहेको जानकारी दिए । हालसम्म सो अस्पतालबाट ८९६ जना भर्ना भएकोमा ७६३ जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस