वीरगन्ज । जनता समाजवादीका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ठूला पार्टीका अध्यक्षले गरेको भ्रष्टाचारबारे आफूले बोलेपछि ठूलो कम्पन आएको बताएका छन् । सोमबार पर्सामा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले अर्बौंको घोटाला भएको दावी दोहोर्याए ।
‘भ्रष्टाचारबारे मैले बाहिर बोलेपछि प्रमाण देखाउन भन्दैछन् । बुढीगण्डकी, एनसेल, वाइडबडीमा अर्बौंको घोटाला भएको छ,’ उनले भने, ‘अधिकार सम्पन्न आयोग गठन गरेर छानबिन होस्, यदि बाबुराम दोषी छ भने कारबाही भोग्न तयार छ, के तपाईंहरु तयार हुनुहुन्छ रुु उनले जनताले तिरेको कर लुट्न नपाइने पनि बताए । जन–लोकपाल गठन गरेर भष्टचारीको सम्पति जफत गर्ने र त्यो सम्पति विकास र समृद्धिमा लगाउने पार्टीको रोडम्याप रहेको उनले सुनाए ।
हालै गृह जिल्ला गोरखा पुगेर भट्टराईले बुढीगण्डकी आयोनामा ९ अर्ब भ्रष्टाचार भएको र त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै पूर्वप्रधानमन्त्रीहरु नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको मिलोमतो रहेको बताएका थिए । उनको यो अभिव्यक्तिपछि कांग्रेसले वक्तव्य प्रकाशित गरी भट्टराईलाई यसको प्रमाण देखाउन चुनौती दिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २७ असोज २०७७, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हरेक पर्व, संस्कार र परम्परा नेपाली समाजको मौलिकता हुन् : देउवा
कारागार पुगेर बाबुराम भट्टराईले भेटे रवि लामिछाने
ओली र प्रचण्डले आलोचकलाई स्टालिनले झैं राजनीतिक सफाया गर्न थाले : बाबुराम भट्टराई
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमा सक्रिय हुनु जबज विरोधी हुन्छ : बाबुराम भट्टराई
कुलिङ पिरियडमा जालसाझी विश्वकै लाजमर्दो राजनीतिक ठगी : बाबुराम भट्टराई
नयाँ शक्तिहरू किन अलमलमा पर्यो विमर्ष गर्ने धेरै पाटा छन्: बाबुराम भट्टराई