काठमाडौँ । चोरीका मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय कटहरियाको संयुक्त प्रयासमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका–३ बडेरवा गाउँका वीरेन्द्र साह सोनारका १८ वर्षीय छोरा जलन्धर साह सोनार र गरुडा नगरपालिका–५ गरुडा गाउँका जुगल साह कानुको २० वर्षीय छोरा सन्तोष साह कानु रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एंव प्रहरी नायव उपरीक्षक रवि रावलले बताउनुभयो ।
उहाँका अनुसार कटहरिया ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता चन्दन कुश्वाहाको तीनदिन अघि चोरी भएको प्रदेश ०३–००२–प ०१५५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित दुबै जनालाई पक्राउ गरिएको हो । आफ्नै घर अगाडी पार्किङ्ग गरी राखिएको अवस्थामा यही असोज २३ गते सो मोटरसाइकल चोरी भएको थियो ।
मोटरसाइकल धनीको निवेदनका आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुमाथि चोरी सम्बन्धि मुद्दा दर्ता गरि थप अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट ६ दिनको म्याद थमाएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिनुभयो । विशेष सूचनाको आधारमा चोरीका आरोपी पक्राउ परेपछि उनकै बयानको आधारमा सर्लाहीबाट मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २६ असोज २०७७, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ