काठमाडौँ । चोरीका मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय कटहरियाको संयुक्त प्रयासमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका–३ बडेरवा गाउँका वीरेन्द्र साह सोनारका १८ वर्षीय छोरा जलन्धर साह सोनार र गरुडा नगरपालिका–५ गरुडा गाउँका जुगल साह कानुको २० वर्षीय छोरा सन्तोष साह कानु रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एंव प्रहरी नायव उपरीक्षक रवि रावलले बताउनुभयो ।
उहाँका अनुसार कटहरिया ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता चन्दन कुश्वाहाको तीनदिन अघि चोरी भएको प्रदेश ०३–००२–प ०१५५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित दुबै जनालाई पक्राउ गरिएको हो । आफ्नै घर अगाडी पार्किङ्ग गरी राखिएको अवस्थामा यही असोज २३ गते सो मोटरसाइकल चोरी भएको थियो ।
मोटरसाइकल धनीको निवेदनका आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुमाथि चोरी सम्बन्धि मुद्दा दर्ता गरि थप अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट ६ दिनको म्याद थमाएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिनुभयो । विशेष सूचनाको आधारमा चोरीका आरोपी पक्राउ परेपछि उनकै बयानको आधारमा सर्लाहीबाट मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २६ असोज २०७७, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा कारागारबाट भागेर प्रहरीको हतियार लुट्ने पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँबाट चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ
राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गरेको आरोपमा तीन जना पक्राउ