एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सले आइतबार जित हात पारेका छन् । मुम्बईले दिल्ली क्यापिटल्स र राजस्थानले सनराइजर्स हैदराबादलाई समान ५ विकेटले पराजित गरे ।
७ खेलमा पाँचौं जित हात पारेपछि मुम्बई दिल्लीलाई उछिन्दै शीर्षस्थानमा उक्लेको छ । दिल्लीको पनि ७ खेलमा १० अंक नै छ तर, टोली रनरेटमा मुम्बईभन्दा पछाडि परेको छ । दिल्लीको यसअघिको एकमात्र हार पनि अबुधाबीस्थित शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हैदराबादसँगै थियो । हैदराबाद र राजस्थान समान ६ अंकका साथ क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।
ओपनर शिखर धवनको अविजित ६९ र कप्तान श्रेयस ऐरको ४२ रनमा दिल्लीले टस जितेर ब्याटिङ गर्दै १६३–४ को स्कोर बनायो । धवनले ५२ बल खेल्दै ६ चौका र १ छक्का तथा ऐरले ३३ बल खेली ५ चौका प्रहार गरे ।
मुम्बईका कुनाल पाण्डेले २ विकेट लिए । जवाफमा क्विन्टन डी कक र सूर्यकुमार यादवको समान ५३ रन बनाएपछि मुम्बईले दुई बलअगाडि नै १ सय ६६ रन बनायो । इशान किशनले २८ रन जोडे । कागिसो राबाडाले दिल्लीबाट २ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ असोज २०७७, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल : मुम्बईविरुद्ध हैदरावाद ६ विकेटले विजयी
आईपीएल : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित
आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित
आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित
आईपीएल : लखनउलाई पराजित गर्दै आरसिबी शीर्ष स्थानमा
आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित