हेलचेक्रयाइँ गरे फेरि लकडाउन

पत्रपत्रिकाबाट

सोमबार, २६ असोज २०७७, ०६ : ३६
हेलचेक्रयाइँ गरे फेरि लकडाउन

काठमाडौं । सरकारले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न अपनाउनुपर्ने सावधानी नअपनाई सर्वसाधारणले हेलचेक्रयाइँ गरे पुनः लकडाउन गर्ने तयारी गरेको छ ।

नागरिकले सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगरे कोरोना रोकथाम तथा नियन्त्रणका लागि पुनः लकडाउन गर्ने तयारी गरिएको हो ।

सरकारले आफ्नो प्राथमिकता लकडाउन गर्ने नभए पनि सर्वसाधारणबाट हेलचेक्रयाइँ गरिएमा र संवेदनशील नभएमा लकडाउन गर्न बाध्य हुने जनाएको छ । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस