विदेशबाट हालसम्म कति नेपाली फर्किए ?

सफल खबर संवाददाता

आइतबार, २५ असोज २०७७, २१ : ०९
विदेशबाट हालसम्म कति नेपाली फर्किए ?

फाईल तस्वीर

काठमाडौं । विभिन्न देशमा रहेका नेपालहरु स्वदेश फर्किने क्रम जारी छ ।

खाडी मुलुकसहित विश्वका ३२ मुलुकबाट आइतबारसम्म स्वदेश फर्किनेको संख्या १ लाख नाघिसकेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार आइतबारसम्म १ लाख २ हजार ४३६ नेपाली स्वदेश फर्किएका छन् । 

फर्किनेमध्ये धेरैजसो वैदेशिक रोजगारका क्रममा खाडी मुलुक तथा मलेसियामा पुगेका नेपाली श्रमिकहरु रहेका छन् । हालसम्म सर्वाधिक धेरै युएईबाट २९ हजार ४३२ नेपाली स्वदेश फर्किएका छन् ।

यस्तै साउदी अरबबाट १५ हजार ६४७, कतारबाट १६ हजार ३४०, कुवेतबाट ९ हजार ५२०, मलेसियाबाट १४ हजार ७१०, बहराइनबाट १३९९ नेपाली स्वदेश फर्किएका छन् । आइतबारमात्रै पनि विभिन्न देशबाट नेपाली स्वदेश फर्किएका छन् ।