काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का संस्थापक अध्यक्ष एवं नेपाल इञ्जिनियर्स एसोशिएसनका पूर्वअध्यक्ष प्राई सरोज देवकोटाको निधनप्रति दुःख व्यक्त गरेका छन् । काँग्रेसका महासमिति सदस्यसमेत रहेका उनको आज निधन भएको हो ।
सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत देवकोटाको निधनको खबरले आफूलाई दुखित बनाएको उल्लेख गर्दै उनको आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
नेपालमा प्राविधिक शिक्षा विस्तार र सूचना प्रविधिको नीति निर्माणमा देवकोटाले उल्लेखनीय योगदान पुर्याएका थिए । उनको निधनबाट नेपालको इञ्जिनीयरिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २५ असोज २०७७, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !
सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती
देउवा दम्पती गए सिंगापुर
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा