आईपीएल : दिल्ली शिर्ष स्थानमा पुनः फर्कियो, राजस्थान माथि ४६ रनको सहज जित

एजेन्सी

शनिबार, २४ असोज २०७७, ०८ : ३१
आईपीएल : दिल्ली शिर्ष स्थानमा पुनः फर्कियो, राजस्थान माथि ४६ रनको सहज जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  यो संस्करणमा उपाधीको मुख्य दाबेदार मानिएको दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्किएको छ ।  युएईमा शुक्रबार भएको खेलमा दिल्लीले राजस्थान रोयल्समाथि ४६ रनको सहज जित निकाल्दै फेरि शीर्ष स्थानमाउक्लिएको हो ।

शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १८४ रन जोड्यो । उसका लागि शिमरन हेटमेयरले ४५ रन  जोडे । उनले २४ बलमा १ चौका र ५ छक्का प्रहार गरे ।  मार्कोस स्टोइनिसले ३९ रन जोडे भने कप्तान श्रेयस इयरले रनआउट हुनुअघि २२ रनको योगदान दिए। ओपनर पृथ्वी शाले १९ रन बटुल्दा हर्षल पटेलले १६ रन र अक्षर पटेलले १७ रन जोडे। 

१८५ रनको लक्ष्य पछ्याएको राजस्थानले कमजोर ब्याटिङ गर्‍यो। राजस्थान २ बल खेल्न बाँकी छदा १३८ रनमा अलआउट भयो । राजस्थानका लागि राहुल टेवाटियाले ३८ रन जोडे। कप्तान स्टिम स्मिथले २४ रन तथा ‌ओपनर यशस्वी जैशवालले ३४ रनको योगदान दिए । बलिङमा दिल्लीका कागिसो रबाडाले ३ विकेट लिए । रविचन्द्रन आस्विन र मार्कोस स्टोइनिसले २–२ विकेट हात पारे । ४ ओभरमा २२ रन खर्चिएका आस्विन प्लेयर अफ दि म्याच भए । 

१० अंक जोड्दै दिल्ली शीर्ष स्थानमा पुगेको छ । भने  समान खेलबाट ८ अंक जोडेको मुम्बई इन्डियन्स दोस्रो स्थानमा छ । आइपिएलमा शनिबार दुई खेल हुँदैछ। दिउँसो पौने चार बजे सुरु हुने खेलमा किंग्स ११ पञ्जाव र कोलकता नाइटराइडर्स भिड्नेछन्। यस्तै राति पौने आठ बजे चेन्नई सुपरकिंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस