कर्णाली । सुर्खेतमा कोरोना भाइरसको सङ्क्रमणदर उच्च रहेपछि यहाँका सरकारी कार्यालय धमाधम सिल गरिएको छ । कर्मचारीमा कोरोना देखिएपछि पछिल्लोपटक यहाँका तीन कार्यालय सिल गरिएको हो ।
वीरेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंक, कर्णाली प्रदेशसभा सचिवालय र जिल्ला मालपोत कार्यालय सिल गरिएको छ । सेवाग्राहीको अत्यधिक भीड हुने बैंक तथा मालपोत कार्यालयले आफ्ना कर्मचारीमा कोरोना पुष्टि भएपछि सङ्क्रमण अन्य व्यक्तिमा फैलिन नदिन कार्यालय सिल गरिएको जनाएका छन् ।
प्रदेशसभा सचिवालय र मालपोत कार्यालय एक साताका लागि सिल गरिएको छ भने वाणिज्य बैंकले अर्को व्यवस्था नभएसम्मका लागि कार्यालय बन्द रहने सूचना जारी गरेको छ । कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य बैंक यसअघि पनि एक साताका लागि सिल गरिएको थियो । बैंकका निमित्त शाखा प्रबन्धक ठोक्रे विष्टले एटिएम सेवा भने सञ्चालन रहने बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २३ असोज २०७७, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा