काठमाडौँ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलभीरमा जिप दुर्घटना भएको छ ।
दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । त्यस्तै दुई जना बेपत्ता भएका छन् ।
गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको भे १ ज ९३५ नम्बरको जिप दुर्घटनामा परेको हो ।
गाउँपालिकाका सूचना अधिकारी जयराम घर्तीका अनुसार जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाहीको पनि मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
दुर्घटनामा बेपत्ताको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ । घटनास्थलमा घाइतेको उद्दार र बेपत्ताहरुको खोजी कार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ असोज २०७७, १८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु