काठमाडौँ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलभीरमा जिप दुर्घटना भएको छ ।
दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । त्यस्तै दुई जना बेपत्ता भएका छन् ।
गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको भे १ ज ९३५ नम्बरको जिप दुर्घटनामा परेको हो ।
गाउँपालिकाका सूचना अधिकारी जयराम घर्तीका अनुसार जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाहीको पनि मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
दुर्घटनामा बेपत्ताको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ । घटनास्थलमा घाइतेको उद्दार र बेपत्ताहरुको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ असोज २०७७, १८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते
सवारी दुर्घटनामा एकजनाको मृत्यु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु