काठमाडौं । जिल्लाको मष्टा गाउँपालिकामा भएको बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
बझाङको मस्टा गाउँपालिकामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै ढाकछोप गरेको भन्दै प्रहरीले मष्टा गाउँपालिकाको खिकाला बाट सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मष्टा गाउँपालिका वडा नं ३ का वर्ष २४ का झलक दमाइ, वडा नं २ का वर्ष २५ का लालबहादुर बोहरा, वर्ष ५७ का धनचढी बोहरा, वर्ष ४५ कि थमकला दमाई, वर्ष ५७ का पिरु दमाई र वर्ष ५५ का गल्फे बोहरा रहेका छन् ।
सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरिएका राजेन्द्र बोहरा यो घटनामा संलग्न थिए । प्रहरीका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर पाँच सय जरिवाना तिराई सो घटना गाउँमै पञ्चायतको काम गरी गुपचुप मिलाएका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २० असोज २०७७, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ