काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटले यति बेला क्रिकेटको माहोल विश्वभर बनाएको छ । महामारीबीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि आईपिएलले दिएको छ ।
तर कोरोनाका कारण नेपालमा तय भएका मुख्य तीन चर्चित क्रिकेट लिग, धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगको मिति अनिश्चित छ । कोरोनाको चपेटामा परेका आयोजकले सकारबाट अनुमति पाए विकल्पको बाटो खोजेर प्रतियोगिता सञ्चालन गर्न सक्ने दावी गरेका छन् ।
मुखैमा आएको एभरेष्ट प्रिमियर लिग विश्व भर फैलिएको कोरोना भाइरसका कारण अनिश्चित कालका लागि स्थगित भयो । वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेल नेपालमा आउने चर्चा निकै थियो । तर कोरोना महामारीले प्रतियोगिता हुन नपाउँदा आयोजकले गरेको प्रचारबाजी प्रचारमा नै सिमित भयो । लाखौं खर्चेर गरिएको कार्यक्रमलाई कोरोनाको कारण स्थगित गर्नुप¥यो । नेपालमा फ्रेन्चाईज लिगको अवधारणा सहित स्थापित भएको धनगढी प्रिमियर लिग पनि आइतबार विज्ञप्ती जारी गरेर अनिश्चित कालका लागि स्थगित भइसकेको छ । प्रतियोगिता अनिश्चतकालका लागि स्थिगित गर्नु पर्दा खेलाडी देखी विज्ञापन दाता, आयोजक सबै मारमा परेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए ।
कार्तिक महिनामा खेल तालिका भएको पोखरा प्रिमियर लिग पनि सञ्चालन हुने कुनै सुरसार छैन । आयोजकले अहिलेको अवस्थालाई नियाल्दै आयोजना गर्न नसक्ने बताउँदै आएको छ । यसले नेपालमा सहज तरिकाले क्रिकेट फर्किनेमा आशंका धेरै छ । महामारीका बीच इन्डियन प्रिमियर लिग नयाँ अवधारणका साथ सञ्चालन हुँदा नेपालमा पनि प्रतियोगिता सञ्चालन गर्न विकल्पको बाटो खोज्नु पर्ने शाहीले बताए ।
नेपालमा क्रिकेटसंघको अस्तित्व नहुँदाको अवस्थामा क्रिकेट चलायमान गराएका यस्ता प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले क्यालेन्डरमा समावेश गरेर सञ्चालनको वातावरण गराउनु पर्ने कतिपयले सुझाउँदै आएका छन् । महामारीको अवस्थालाई उच्च सतर्कता अपाउनाउँदै खेलकुद गतिविधि सुचारु गर्नु पर्ने विज्ञले सुझाव दिइरहेका छन् । सरकारले महामारीलाई कारण देखाएर खेलकुद गतिविधि रोक्नु खेलकुदका लागि अन्याय हुन्छ । त्यसैले आवश्यक मापदण्ड तोकेर कडाईका साथ लागू गरी खेलकुद गतिविधि चलायमान बनाउनु आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० असोज २०७७, १७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि