एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै खेलतालिको शीर्षस्थानमा उक्लेको छ । दिल्लीले ४ मध्ये तीन खेल जितिसकेको छ । शनिबार राति युएईमा भएको प्रतियोगितामा दिल्लीले कोलकातालाई १८ रनले पराजित गर्दै शिर्ष स्थानमा कब्जा जमाएको छ ।
दिल्लीले निर्धारित २० ओभरमा कोलकातासामु २२९ रनको विशाल लक्ष्य राखेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कोलकातालाई दिल्लीले ८ विकेटको क्षतिमा २१० रनमा रोक्यो । खेलमा कोलकाताका नितिश राणाले ५८, इयान मोर्गनले ४४ र राहुल त्रिपाठीले ३६ रन बनाए । मोर्गन र त्रिपाठीले सातौं विकेटका लागि ३१ बलमा ७८ रनको साझेदारी गरे पनि जित दिलाउन सकेनन् ।
दिल्लीका एनरिच नोर्जेले तीन र हर्शल पटेलले दुई विकेट लिए । हर्षलका लागि यो पहिलो म्याच थियो । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २२८ रन बनाएको थियो । कप्तान श्रेयस अय्यरले ८८, पृथ्वी शाले ६६ र ऋषभ पन्तले ३८ रन बनाए । श्रेयस र पृथ्वीले दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे ।
दिल्लीका लागि नटआउट ८८ रन बनाएका कप्तान श्रेयस अय्यर म्यान अफ दि म्याच बने । म्यान अफ द म्याच ऐरले ३८ बल खेली ७ चौका र ४ छक्का प्रहार गरे । कोलकाताका लागि आन्द्रे रसेलले २ विकेट लिए । आइतबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद तथा पन्जाब र चेन्नई सुपर किंग्सबीच खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १८ असोज २०७७, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित