काठमाडौं । प्रहरीले मोबाइल चोरी गर्ने पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडको टोलीले काठमाडौँ महानगरपालिका–२२ पाको सडकमा रहेको ताम्राकार कम्प्लेक्समा रु सात लाख ५० हजार मूल्य बराबरको मोबाइल चोरी गर्ने पाँचजनालाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौतीका ३२ वर्षीय प्रकाश तामाङ, २१ वर्षीय जनक तामाङ, काभ्रेपलाञ्चोक तेमालका २९ वर्षीय सोमा रानी तामाङ, दोलखा गौरीशङ्करका ४० वर्षीय छिरिङ शेर्पा र नुवाकोट पञ्चकन्याका २२ वर्षीय अमृत राई रहेका छन् । प्रहरीले उनीहरुलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाहले मिलेमतोमा सामान चोरी गरेर सस्तो मूल्यमा बिक्रीबितरण गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
“जनक तामाङ र प्रकाश तामाङले सामान चोरी गरेर सस्तोमा सोमा रानी तामाङ, छिरिङ शेर्पा र अमृत राईलाई बिक्री गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । पक्राउ परेका पाँचैजनालाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको वृत्तका प्रमुख शाहले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १७ असोज २०७७, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ