सरकारले बिहीबार अमेरिका र बेलायतको राजदूतमा क्रमशः निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्न संसदीय समितिमा सुनुवाइका लागि पठाउने निर्णय गरेको छ।
सामान्यतया कूटनीतिक नियोग प्रमुख भएर जाने व्यक्तिलाई मुलुकको हित प्राथमिकतामा राखेर सिफारिस तथा नियुक्त गरिनुपर्ने भए पनि अहिले व्यक्तिगत हित केन्द्रमा राखेर गरिएको छ। भलै राजदूतमा सिफारिस दुवैजनाले महत्वपूर्ण सार्वजनिक पदमा बसेर काम गरिसकेका छन्।
सरकारले परराष्ट्र सचिवबाट अवकाश पाउनलागेका शंकरदास बैरागीलाई मुख्यसचिव बनाउन मुख्यसचिवको जिम्मेवारीमा रहेका रेग्मीलाई समय छँदै राजीनामा गर्न लगाएर बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारी सुम्पने निर्णय गरेको हो। त्यस्तै राष्ट्रियसभा सदस्यका रुपमा कार्यकाल सकिएपछि ६ महिनासम्म अर्थमन्त्रीको जिम्मेवारी समालेर सरकारबाट बाहिरिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीकै स्वार्थमा अमेरिकाका लागि राजदूत बनाएर पठाउन लागिएको हो।
खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएलगत्तै प्रधानमन्त्री ओलीले उनलाई मन्त्रीसरहकै सेवासहित विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए। सो पदमा नियुक्त भएको छोटो समयमै खतिवडालाई राजदूत बनाउने निर्णय भएको हो। खतिवडा एकपछि अर्को महत्वपूर्ण र लाभको पद पाउने भाग्यमानी बनेका छन्। नगरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १६ असोज २०७७, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भाजपाका विदेश विभाग प्रमुख आएकै बेला चीनका लागि भारतीय राजदूत किन आए नेपाल ?
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस
राजदूत नेपालीले प्रस्तुत गरे ओहोदाको प्रमाणपत्र
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
भारतीय राजदूतले दिल्लीबाट फर्केलगत्तै किन भेटे कांग्रेस सभापति देउवा ?