काठमाडौं । सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित गोविन्दबहादुर बटालासम्बन्धी मुद्दामा पुनः सुनुवाइ गर्ने भएको छ ।
न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा मनोजकुमार शर्माको पूर्ण इजलासले आज उक्त मुद्दामा पुनरवलोकन गर्न अनुमति दिएपछि फेरि सुनुवाइ हुने भएको हो ।
यसअघि अदालतले व्यापारी श्रेष्ठको हत्यामा आरोपित बटालालाई सफाइ दिएपछि महान्यायाधिवक्ताको कार्यालयले गत भदौ २६ गते पुनरावेदन निवेदन दिएको थियो । सोही निवेदनमा अदालतले पुनरावेदनको अनुमति दिएको हो ।
न्यायाधीश तेजबहादुर केसी र टङ्कबहादुर मोक्तानको इजलाशले हत्यामा बटालाको प्रत्यक्ष संलग्न भएको आधार र कारण नदेखिएको उल्लेख गर्दै २०७६ फागुन १८ गते उनलाई सफाइ दिने आदेश जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १५ असोज २०७७, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार