काठमाडौं । जोरायल गाउँपालिका–५ फलेदा गाउँका अन्दाजी ३६ वर्षीय डम्बरबहादुर विकलाई प्रहरीले आज पक्राउ गरेको छ । आफ्नै १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा निजलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा आफू नभएका समयमा छोरीलाई बलात्कार गरेको भन्ने बालिकाकी आमाको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले दिनुभयो ।
अभियुक्त विकलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १५ असोज २०७७, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ